गृहपृष्ठ नेपाल समाचारपत्रका संस्थापक श्रेष्ठको निधन

नेपाल समाचारपत्रका संस्थापक श्रेष्ठको निधन

नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका संस्थापक एवं प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजेर ४९ मिनेटमा उनको निधन भएको हो ।

श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित समय १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु