गृहपृष्ठ ‘विप्लव’ समूहलाई मूलधारमा ल्याउँछौ : गृहमन्त्री

‘विप्लव’ समूहलाई मूलधारमा ल्याउँछौ : गृहमन्त्री

badal-newskarobar

गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहलाई मूलधारको राजनीतिमा ल्याउने पहल भइरहेको बताएका छन् । मकवानपुरको हेटौंडामा प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा बुधबार गृहमन्त्री थापाले सो समूहलाई मूलधारको राजनीतिमा ल्याउने पहल भइरहेको बताएका हुन् ।

‘संविधान विपरीत गतिविधि गरेकाले विप्लव समूहलाई प्रतिबन्ध लगाएको हो, छिट्टै मूलधारको राजनीतिमा सरकारले ल्याउँछ’ उनले भने ।

सरकारले एक वर्षमा भ्रष्टाचार नियन्त्रण र अपराध नियन्त्रण गरेको दाबी गर्दै गृहमन्त्री थापाले पछिल्लो समयमा देशको सुरक्षा अवस्था निकै सुदृढ भएको बताए ।

प्रकाशित समय १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु