गृहपृष्ठ मूलधारमा आउन ‘विप्लव’ लाई ‘बादल’ को आग्रह
मूलधारमा आउन ‘विप्लव’ लाई ‘बादल’ को आग्रह
गृहमन्त्री रामवहादुर थापा ‘बादल’ ले विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश न १ को सुरक्षा गोष्ठिमा सहभागी हुन विराटनगर पुगेका मन्त्री थापाले बिहिबार विहान विराटनगरमा सञ्चारकर्मीसँग विप्लव लगायत असन्तुष्ट पक्षलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका हुन् । उनले ती समूहलाई सरकारले वार्ताका लागि आव्हान गरेको समेत बताए ।
सरकारले वार्ताबाटै समाधान चाहेको र विखण्डनकारी समुहलाई समेत मूलधारमा ल्याएको बताउँदै गृहमन्त्री थापाले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरे । मन्त्री थापाले विप्लव समूहले विध्वंसात्मक गतिविधि गरेका कारण प्रतिबन्ध लगाएको बताए । शान्तिपूर्ण आन्दोलन गर्न सबैलाई छुट भएको भन्दै जनताको अधिकार र शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई नभएको उनले बताए । ‘शान्तिपूर्ण राजनीति गर्न सबैलाई छुट छ, ‘तर शान्ती सुरक्षालाई चुनौती दिनेलाई छाडिन्न’ उनले भने ।
मन्त्री थापाले विगतको वर्षभन्दा शान्ति सुरक्षामा गुणत्मक सुधार आएको दावी गरे । उनले सरकारले यो वर्षलाई सम्मृद्धिको आधारवर्ष मानेर अघि वढेको र आवश्यक पूर्वाधार तयार गरेको उनले बताए । सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्वन्धमा समेत सुधार गर्न सफल भएको उनको भनाई थियो ।
प्रकाशित समय १२:१३ बजे

















