गृहपृष्ठ नेकपा भ्रातृसंगठनहरुको अपिल : कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्नुस्

नेकपा भ्रातृसंगठनहरुको अपिल : कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्नुस्

ncell-newskarobar

सत्तारुढ दल नेकपाका भ्रातृसंगठनहरुले एनसेलले कर नतिर्दासम्म सिम प्रयोग नगर्न अपिल गरेका छन् । वाइसिएल नेपाल, अनेरास्ववियु, युवासंघ नेपाल र अनेरास्ववियुका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कर नतिर्दासम्म सिम प्रयोग नगर्न अपिल गरेका हुन् ।

२४ घन्टाभित्र एनसेलले कर नतिरेमा दबाबका कार्यक्रम घोषणा गर्ने पनि संगठनहरुले चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘एनसेलले राज्यलाई तिर्नुपर्ने करको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले फैसला गरेको र ठूला करदाता कार्यालयले ७ दिनको समयसीमा तोकेकोमा त्यसमा पनि आनाकानी गरेको अवस्थाले हामीलाई ज्यादै गम्भीर बनाएको छ।’

सर्वोच्च अदालतको फैसलालाई समेत अवज्ञा गर्ने एनसेलको यस्तो रवैयाँ खेदजनक छ। कर तिर्न नपरोस भन्ने मनसायले उसले गर्ने कुनै पनि चालबाजी वा बाहनाबाजी हामीलाई किमार्थ स्वीकार्य छैन ।’

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु