गृहपृष्ठ एसीसी यू–१६ : नेपालले थाइल्यान्डलाई दियो २ सय ३५ रनकोे लक्ष्य

एसीसी यू–१६ : नेपालले थाइल्यान्डलाई दियो २ सय ३५ रनकोे लक्ष्य

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई २३५ रनकोे लक्ष्य दिएको छ ।

थाइल्यान्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रन बनायो नेपालका लागि आशिष भट्टराईले सर्वा्धिक ५८ रनको योगदान दिए। त्यसैगरी विशालविक्रम केसीले ३८, दीपक बोहराले ३५, विशालकुमार पटेल २८ र निखिलकुमार सिंहले २२ रन जोडे ।

बलिङतर्फ थाइल्याण्डका नारावेट नुन्ताराज एक्लैले तीन तथा योड्साक सारानोननाकुनले दुई विकेट झारे । जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा विजयी हासिल गरेको छ ।

नेपालले शनिबार भएको पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो भने हिजो बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो । २३५ रनको विजयी लक्ष्य बोकेर अहिले नपाल थाइल्यान्डविरुद्ध जवाफी ब्याटिङमा उत्रेको छ।

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु