गृहपृष्ठ मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध पत्रकार सडकमा
मिडिया काउन्सिलसम्बन्धी विधेयकविरुद्ध पत्रकार सडकमा
मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा बुधबार सञ्चारकर्मी सडकमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघको अगुवाइमा देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि पत्रकारले धर्ना दिएका हुन् ।
काठमाडौंको बानेश्वरमा आयोजित विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासंघका अन्य पदाधिकारी, पत्रकार एवं अधिकारकर्मीको सहभागिता थियो । महासंघले प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी विधयेक तत्काल फिर्ता लिन माग गरेको छ । महासंघले पहिलो चरणमा घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रमको अन्तिम दिन शुक्रबार जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेको हो । माग सुनुवाइ नभएर आन्दोलन थप सशक्त पार्ने महासंघले चेतावनी दिएको छ ।
तस्बिर ः सुनिल प्रधान
प्रकाशित समय १५:४४ बजे























