गृहपृष्ठ पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि
फाइल तस्बिर
‘समृद्धिका लागि खेलकुद’ नाराका साथ पोखरामा आयोजना हुने ‘टिभिएस अपाची चौथो पोखरा स्पोर्टस् अवार्ड’ का चार विधाको पुरस्कार राशिमा वृद्धि गरिएको छ । स्पोर्टस् अवार्ड आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा शनिबार बसेको बैठकले पुरस्कार राशि वृद्धि गर्ने निर्णय गरेको हो ।
पोखरा स्पोर्टस् अवार्डअन्तर्गत वर्षको उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी र खेलकुद संघसंस्था अवार्डको पुरस्कारको राशि वृद्धि गरिएको अध्यक्ष गिरीले जानकारी दिए । उनीहरुलाई जनही २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । अघिल्लो संस्करणमा उक्त पुरस्कारको राशि १५ हजार थियो । यसपटक नगदसँगै एक/एक थान मोबाइलसमेत प्रदान गरिनेछ ।
त्यस्तै, वर्ष उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डको राशिमा पाँच हजार वृद्धि गरी २० हजार रुपैयाँ पुर्याइएको छ । स्पोर्टस् अवार्ड यही जेठ २४ गते पोखरा सभागृहमा प्रदान गरिनेछ । यसपटक लोकप्रिय खेलाडी अवार्ड विधासमेत थप गरिएको छ । सो विधाका लागि खेलाडी छनोट एसएमएसमार्फत गरिने मञ्चका महासचिव विजय नेपालले जानकारी दिए । सबैभन्दा बढी भोट ल्याउने खेलाडीलाई २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रकाशित समय ०६:०३ बजे
















