गृहपृष्ठ बैतडीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बैतडीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
सांकेतिक तस्बिर ।
बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो म १ ख ४९२१ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु भएका मध्ये दुई जनाको सनाखत भएको छ । दशरथचन्द नगरपालिका १० का हिरा बल्लभ भट्ट र नरुली भट्टको मात्र सनाखत भएको छ । अन्य एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:३८ बजे

















