गृहपृष्ठ ३४ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न तीन पक्राउ
३४ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न तीन पक्राउ
काठमाडौंको चाबहिलबाट प्रहरीले ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।
आइतबार ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ हुन्डी कारोबारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अर्जुन राई, जगत खड्का र सुनिल राई रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:४७ बजे

















