गृहपृष्ठ धादिङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो

धादिङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो

trishuli-accident-newskarobar

धादिङमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खसेको थियो ।

सो दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको हो । अहिलेसमम तीन जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौं थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका विशाल गिरी र धादिङका राजन आचार्यको सनाखत भएको छ ।

अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते मध्ये १७ जनाको काठमाडौंको ट्रमा सेन्टर तथा अन्यको धादिङको गजुरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु