गृहपृष्ठ वैधानिकता जोगाउन राजपाले विधान सच्यायो
वैधानिकता जोगाउन राजपाले विधान सच्यायो
राष्ट्रिय जनता पार्टी नेपालले बैधानिकता जोगाउन विधान संशोधन गरेको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र महाधिवेशन गर्न नसकेपछि राजपाले विधान संशोधन गरेको हो ।
यसअघिको विधानमा दुई वर्षमा महाधिवेशन गर्ने उल्लेख छ । दुई वर्षमा महाधिवेशन नभएपछि राजपाले ३ वर्षभित्र गर्न सकिने व्यवस्था गरेको छ । निर्वाचन आयोगले राजपालाई २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो । राजपाले भने असारसम्मको समय मागेको थियो ।
राजपा महाधिवेशन कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ । अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको व्यवस्था पनि हटाएको छ । अब राजपाको नेतृत्व एक अध्यक्षले गर्नेछन् ।
सोमबारदेखि अध्यक्ष मण्डलको संयोजक अनिलकुमार झा हुनेछन् । शरतसिंह भण्डारीको संयोजकको कार्यकाल आज सकिँदैछ ।
प्रकाशित समय १५:०४ बजे

















