गृहपृष्ठ विश्वकप क्रिकेट : अष्ट्रेलियासँग पाकिस्तान पराजित
विश्वकप क्रिकेट : अष्ट्रेलियासँग पाकिस्तान पराजित
एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तान ४१ रनले हराएको छ ।
बुधबार राति सम्पन्न खेलमा पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित दर्ता गरेको हो । ३ सय ८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रनमा समेटियो ।
पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ५३ रन जोडे । अर्का ओपनर फकार जमान शून्यमा आउट भए । बाबर आजमले ३० रनको योगदान गरे । मोहम्मद हफिज र इमाम उल हकले तेस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै पाकिस्तानको आशा जिवितै राखेका थिए ।
ठूलो शट खेल्न खोज्दा हफिज क्याच भए । उनले ४६ रन जोडे । सोएब मालिक शून्यमा आउट भए । हसन अलीले ३२ रनको योगदान गरे । कप्तान शरर्फराज अहमिद र वहाब रियाजले ६४ रनको साझेदारी गरे । रियाजले ४५ रन बनाए । आमिर बोल्ड भएपछि अष्ट्रेलियाको जित पक्का बनेको थियो ।
कप्तान अहमिदले ४० रन जोडे । अष्ट्रेलियाका लागि प्याट कमिन्सले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । मिचेल स्टार्क र केन रिचड्सनले समान २–२ विकेट लिए । नाथन कुल्टर नाईल र कप्तान आरोन फिन्चले समान १–१ विकेट हात पारे ।
यस अघि अफगानिस्तान र वेस्ट इन्डिजलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग पराजित भएको थियो । अष्ट्रेलियाले पाँचौ खेल शनिबार श्रीलंकासँग खेल्नेछ । पाकिस्तान वेस्ट इन्डिजसँग पराजित भएको थियो भने घरेलु टिम इंग्ल्यान्डलाई पराजित गरेको थियो । श्रीलंकासँगको खेल भने वर्षाले रद्द भएको थियो । पाकिस्तानले आफ्नो पाँचौ खेल आइतबार भारतसँग खेल्नेछ ।
प्रकाशित समय ०७:४८ बजे

















