गृहपृष्ठ हुम्लाको कर्णाली नदीमा यात्रुबाहक जिप खस्यो
हुम्लाको कर्णाली नदीमा यात्रुबाहक जिप खस्यो
हुम्लाको कर्णाली नदीमा यात्रुबाहक जिप खसेको छ । खार्पुनाथ गाउँपालिका–५, बालुकुना स्थित कर्णाली नदीमा यात्रुबाहक जिप दुर्घटना भएको हो ।
जिपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमाललगायत सवार थिए । खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम आउँदै गरेको लु. १ क ७१६६ नम्बरको बोलेरो जिप बेलरुखको बालुकुना नजिकैबाट १२:४५ बजे कर्णाली नदीमा खसेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
नदीमा खसेको जिपको खोजी कार्य भइरहेको छ । जिपमा कति थिए भन्ने यकिन तथ्यांक थाहा नभए पनि १२-१३ जना रहेको अनुमान गरिएको सहायक प्रजिअ पोखरेलले बताए । बेपत्ता जिपको खोजीका लागि गोताखोर परिचालन गरिएको भए पनि अहिलेसम्म केही फेला नपरेको उनले जनाए ।
उद्धारका लागि सदरमुकाम सिमीकोटबाट पाँचवटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा गएका छन् ।
प्रकाशित समय १५:२० बजे

















