गृहपृष्ठ काठमाडौँको सिनामंगलमा दुईवटा माइक्रो जुध्दा १६ जना घाइते
काठमाडौँको सिनामंगलमा दुईवटा माइक्रो जुध्दा १६ जना घाइते
काठमाडौँको सिनामंगलमा माइक्रोबस एकापसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा दुईवटै माइक्रोबसमा सवार १६ जना घाइते भएका छन् ।
बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा. ४ ख ५१०० नम्बरको माइक्रो र सिनामंगलबाट गौशाला जाँदै गरेको बा. १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा ठोकिएका हुन् ।
घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला छन् । घाइतेको काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार भइरहेको छ ।
प्रकाशित समय ०८:३९ बजे

















