गृहपृष्ठ गुनासो सम्बोधनका लागि एनआईसी एशिया बैंकको सपोर्ट सेवा
गुनासो सम्बोधनका लागि एनआईसी एशिया बैंकको सपोर्ट सेवा
एनआईसी एशिया बैंकले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ । सूचना प्रदान गर्न तथा गुनासो सुनुवाइका लागि बैंकले एनआईसी एशिया सपोर्ट पेज सञ्चालनमा ल्याएको हो ।
सेवाग्राहीले बैंकको वेबसाइट लगइन गरी लाइभ च्याटमार्फत् सहभागिता जनाउन र फिडब्याक पेजमार्फत् सुझाव राख्न तथा बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमबारे जानकारी पाउन सक्नेछन् ।
यसप्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको बैंकको दाबी छ । यसबाट ग्राहकका सुझाव तथा गुनासालाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित समय ०७:५८ बजे

















