गृहपृष्ठ रौतहटको ८० प्रतिशत भू–भाग डुबानमा, सुरक्षाकर्मीकै उद्धार गर्नुपर्ने अवस्था

रौतहटको ८० प्रतिशत भू–भाग डुबानमा, सुरक्षाकर्मीकै उद्धार गर्नुपर्ने अवस्था

अविरल वर्षापछि बागमति र लालबकैया नदीको बाँध ठाउँ–ठाउँमा भत्किँदा रौतहट डुबनमा परेको छ ।

नदिको पानी पसे पछि रौतहटको सदरमुकाम गौर पुरै डुबेको छ । गौरमा अहिले ८ फिटसम्म पानी भरिएको छ । सुसरक्षाकर्मीको कार्यालयसमेत डुबेपछि उद्धारमा कठिनाई भएको छ । सुरक्षाकर्मीकै उद्धार गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

अधिकांश मानिहरु छतमा बसेका छन् । भुँइतलामा पुरै पानि भरिएको छ । भारतीय सीमामा लालबकैया र बागमतीलाइ जोडेर दशगजा क्षेत्रमा करिब २५ फिट अग्लो तटबन्ध निर्माण गरेपछि पानीको निकास नहुँदा थुनिएर गौर डुबेको हो ।

हेलीकप्टरबाटमात्रै उद्धार सम्भव हुने जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताए । डुंगाबाट सशस्त्र प्रहरीले उद्धारको प्रयास थालेको बताइएको छ । सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भू–भाग डुबानमा परेको बताइएको छ । बकैया र बागमतीको बाँध ठाउठाउमा भत्किएका छन् ।

प्रकाशित समय ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु