गृहपृष्ठ नेपाललाई मलेसियाको १ सय २९ रनको चुनौती

नेपाललाई मलेसियाको १ सय २९ रनको चुनौती

nep-mal-newskarobar

मलेसियाले पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय २९ रनको मध्यम लक्ष्य दिएको छ ।

किनारारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनायो । ओपनर विरनदीप सिंहले सर्वाधिक ५७ रनको अर्धशतकीय योगदान दिए । उनले ४९ बलमा ७ चौका १ छक्का प्रहार गरे । कप्तान अहमद फैजले ४५ रन बनाए ।

ओपनर सैद अजिजलाई सोमपाल कामीले शून्यमा बोल्ड आउट गरेका थिए । फ्रिती सामले १२ रन मात्र जोड्न सके । सफिक सरिफलाई २ रनमा आउट भए । मोहम्मद सियाहदत ८ रनमा बोल्ड भए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । वसन्त रेग्मी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे । सोमपाल कामीले १ विकेट लिए ।

प्रकाशित समय ०९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु