गृहपृष्ठ बाढीले बगाएको ६ जनाको शव धनुषामा भेटियो
बाढीले बगाएको ६ जनाको शव धनुषामा भेटियो
लगातार ४ दिनसम्मको अविरल वर्षाले धनुषाका विभिन्न स्थानबाट ६ जनाको शव फेला परेको छ । अविरल वर्षापछि आएको बाढीले बगाएका ६ जनामध्ये ५ जना धनुषाकै बासिन्दा रहेको र एक जना सिन्धुलीका बासिन्दा भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जनकनन्दनी गाउँपालिका–१ का ३५ वर्षीय छेदी गुप्ता, धनुषाधाम नगरपालिका–४ सरसा रामपुर बस्ने ७० वर्षीय विपतिया चमार, मुखियापट्टि मुसहर्निया–१ का ६५ वर्षीय सियाराम यादव र गणेशमान चारनाथ नगरपालिका–४ बस्ने नाम खुल्न नसकेका करिब ६० वर्षीय एक पुरुषको शव फेला परेको जानकारी दिए । त्यस्तै गणेशमान चारनाथ–६ मा पर्ने कमला नदीको किनारामा करिब १८ महिनाको बच्चाको शव फेला परेको छ । बच्चा सिन्धुलीबाट बगाएर ल्याइएको हुनसक्ने अनुमान प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।
प्रकाशित समय १५:५४ बजे

















