गृहपृष्ठ नामीका विद्यार्थीलाई जापानमा रोजगारी

नामीका विद्यार्थीलाई जापानमा रोजगारी

Job Fair at NAMI newskarobar

सूचना प्रविधिको क्षेत्रमा कार्यरत जापानको प्रतिष्ठित संस्था ह्युमन रिसोसियासँगको सहकार्यमा जोरपाटीस्थित नामी कलेजमा रोजगार मेला आयोजना गरिएको छ । बिहीबार आयोजित मेला सोही कलेजमा बीएससी कम्प्युटिङ विषय अध्ययन गरिरहेका विद्यार्थीले संयोजन गरेका हुन् । मेलामा विद्यार्थीले ह्युमन रिसोसियाका सदस्यसँग अन्तक्र्रिया तथा प्रत्यक्ष अन्तर्वार्तामा सहभागी हुने अवसर पाएका थिए ।

कार्यक्रममा विद्यार्थीले जापानका प्रतिष्ठित कम्पनीमा रोजगारीका लागि नाम दर्ता गराउने मौका पाएका छन् । सूचना प्रविधिसँग सम्बन्धित जापानका अन्य रोजगारदाता कम्पनी, त्यहाँ रोजगारीमा लाग्दा हुने फाइदा तथा त्यहाँको जीवनशैलीबारे पनि विद्यार्थीले ह्युमन रिसोसियाका रिक्रुटमेन्ट म्यानेजर तासुजी सुगीहारासँग संवाद गरेका थिए ।

मेलामा कलेजका वरिष्ठ व्यापार प्रवर्धन व्यवस्थापक अमरदीप मण्डलले नामीमा अध्ययनरत विद्यार्थीलाई रोजगारी दिलाउन कलेजले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । गत वर्ष नामीमै अध्ययन गरेका ६ जना विद्यार्थी जापानमा काम गर्न छनोट भएको उनको भनाइ छ । उनीहरु सेप्टेम्बरमा जापान जाँदैछन् ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु