गृहपृष्ठ नवलपुरको कावासोतीमा दुर्घटना, पाँच जनाको मृत्यु

नवलपुरको कावासोतीमा दुर्घटना, पाँच जनाको मृत्यु

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

नवलपुरको कावासोतीमा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका ८ खरकट्टा जंगल क्षेत्रमा लु. १ ख ८५३२ नम्बरको ट्रक र बा. २१ च ६४०९ नम्बरको कार गए राति पौने ११ बजेतिर ठोक्किँदा कारमा सवार सबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, नवलपरासीको मध्यविन्दु नगरपालिका १० मा राति पौने २ बजेतिर यात्रुबस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं जाँदै गरेको ना. ७ ख ८६४२ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रकाशित समय ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु