गृहपृष्ठ नयाँ व्यवस्थापनसहित पोखराको पृथ्वीचोकमा कुन्ती मल
नयाँ व्यवस्थापनसहित पोखराको पृथ्वीचोकमा कुन्ती मल
पोखराको पृथ्वीचोकमा नयाँ मल सञ्चालनमा आएको छ । ‘कुन्ती मल’ नाम दिएर यसका सञ्चालकले ‘मल’ सञ्चालनमा ल्याएका हुन् ।
यो मल सञ्चालनमा आएको २०४७ सालदेखि नै हो । तर, तत्कालिन समयमा एक तलाको भवनमा सामान्य सटरमा मात्रै यहाँ व्यवसाय गरिन्थ्यो । अहिले यो मलमा दुईवटा तला थप व्यवस्थित तरिकाले सञ्चालनमा ल्याइएको छ । करिब १२ करोड रुपैयाँ लगानी यो मलमा थप गरिएको यसका सञ्चालक निरञ्जन वजिमयले जानकारी दिए ।
पौने तीन रोपनी क्षेत्रफलमा निर्माण भएको यो मलमा १२६ वटा सटरमा व्यवसाय भइरहेको छ । मलमा डिपार्टमेन्टल स्टोर, गहना पसल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, फेन्सी पसलहरु, कस्मेटिक र जुत्ता पसल, सलुनलगायतका सुविधा छन् । व्यवस्थापनले ‘मल’को आधिकारिक शुभारम्भ भने असोज १२ गते गर्ने जनाएको छ ।
प्रकाशित समय ०७:०७ बजे

















