गृहपृष्ठ फेरि वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

फेरि वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

फाइल तस्बिर

पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने तथा पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गरी वर्षा र हिमपातका कारण तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार तराईमा हिजोआज बाक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । आइतबार देशका पूर्वी पहाडी भागमा आंशिक बदली भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस थियो । शनिबार धनगढीको न्यूनतम तापक्रम भने माइनसमा झरेको महाशाखाले जनाएको छ ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु