गृहपृष्ठ कोरोना भाइरस उपचार कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध

कोरोना भाइरस उपचार कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध

pradhanmantri_karyalaya_newskarobar

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले आज सूचना जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण फैलिन नदिन तथा सोको रोकथाम एव नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा संघसंस्थालाई राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध गरेका हुन् ।

सरकारले सिंहदरबारमा खोलेको खाता नम्बर १९६०००००११०१ रहेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो कोष खडा गर्ने निर्णय गरेको हो । सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब बराबरको रकम राख्ने निर्णय भइसकेको छ ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु