गृहपृष्ठ जथाभावी समाचार लेख्ने तीन वेबसाइट बन्द, अन्य तीनलाई स्पष्टीकरण

जथाभावी समाचार लेख्ने तीन वेबसाइट बन्द, अन्य तीनलाई स्पष्टीकरण

प्रेस काउन्सिल नेपालले कोरोना भाइरस (कोभिड-१९) बारे भ्रम फैलाउने तीनवटा वेबसाइट बन्द गरेको छ भने अन्य तीनवटालाई २४ घण्टाभित्र त्यस्ता समाचार हटाउने समय दिएर स्पष्टीकरण सोधेकको छ । प्रेस काउन्सिलले शुक्रबार ती वेबसाइटमा नेपालबाट कुनै सामग्री प्रकाशन प्रसारण गर्न नपाउने गरी बन्द गरेको जनाएको छ ।

‘नोबेल कोरोना भाइरसको संक्रमणका घटना अत्यन्तै आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर प्रकाशित हुने गरेको काउन्सिलको अनुगमनबाट देखिन आएको छ,’ काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘नियमानुसार दर्ता एवं सूचीकरण नभएका तीनवटा वेबसाइट नेपालमा प्रकाशन/प्रसारण हुन नसक्ने गरी बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार भएको छ।’ यससँगै प्रेस काउन्सिलले हालसम्म ११ वटा वेबसाइटलाई नेपालबाट खुल्न नसक्ने गरी बन्द गरेको छ ।

प्रकाशित समय ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु