गृहपृष्ठ प्रधानमन्त्रीको अपिल : भोलि बिहान ८ बजे राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔं
प्रधानमन्त्रीको अपिल : भोलि बिहान ८ बजे राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔं
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (सोमबार) बिहान ८ बजे सबैले देशको राष्ट्रिय गान गाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार साँझ ट्विट गरेर यस्तो अपील गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ । ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’
"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020
प्रकाशित समय १९:१८ बजे

















