गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा कोरोना संक्रमणको जोखिमप्रति सतर्कता
एनआईसी एशिया बैंकद्वारा कोरोना संक्रमणको जोखिमप्रति सतर्कता
एनआईसी एशिया बैंकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई ध्यानमा राखी ग्राहक र कर्मचारीको सुरक्षामा उच्च सतर्कता अपनाइएको जनाएको छ ।
‘लकडाउनका कारण बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न सेवाहरूलाई निरन्तरता दिएका छौं,’ बैंकले विज्ञप्तिमा भनेको छ । बैंकका अनुसार ग्राहक तथा कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बैंकले हालसम्म ५० भन्दा बढी शाखा कार्यालय, ४६१ वटा एटीएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकहरूको विभिन्न बैंकिङ आवश्यकताहरू पूरा गरिरहेको छ ।
ग्राहकहरूमा अपनाइएका सुरक्षाका उपायहरू :
बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत कोभिड–१९ संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको ।
बैंकले सेवा दिइरहेका शाखा कार्यालयहरूमा ग्राहकहरू पुग्नुभन्दा २ घण्टाअगावै ग्राहकहरूको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा कोभिड–१९ प्रतिरोधक हुने गरी डिसिफिकेन्ट औषधी छर्किने गरिएको ।
शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउने ग्राहकहरूलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ सुविधा लिन बैंक प्रवेश गराएको ।
बैंकले हालसम्म आंशिक रुपमा सेवाहरू सुचारु गरिसकेको अवस्थामा सेवा लिन आएका ग्राहकहरूलाई यथाशक्य थर्मल गनको सहायताले ज्वरो (शारीरिक तापक्रम) नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च (१०० डिग्री फरेनहाईटभन्दा माथि) भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको । ग्राहक महानुभावहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको ।
शाखामा पुगेका ग्राहकहरूलाई सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको ।
शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको ।
ग्राहकहरूको बैंकिङ कार्यमा समस्या आएको खण्डमा सोको समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको ।
एटीएममा अपनाईएका सुरक्षाका उपायहरूः
ग्राहकहरूले एटीएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको ।
प्रत्येक ४८ घण्टामा एटीएममा कोभिड–१९ प्रतिरोधक हुने गरी डिसिफिकेन्ट औषधी छर्किने व्यवस्था गरिएको ।
एटीएमहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको ।
- एटीएमहरूमा भीडभाड गर्न नदिई ग्राहकहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था मिलाइएको ।
कर्मचारीहरूमा सुरक्षाको निम्ति अपनाइएका उपायहरूः
बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिएदेखि नै स्टाफ एड्भाइजरी जारी गरि आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन सञ्चार गरिरहेको ।
कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पञ्जा तथा स्यानिटाइजर लगाएर ग्राहकहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको ।
नोटको प्रयोगबाट कोरोना भाइरसजस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहकहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त डिसिफिकेन्ट गरेर जम्मा गर्ने व्यवस्था गरेको ।
सेवामा रहेका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको ।
यस विपतको समयमा परिवारभन्दा अलग रहेका वा लकडाउनले गर्दा विभिन्न स्थानमा रोकिएर रहेका कर्मचारीहरूलाई लकडाउनको कार्यविधि उल्लंघन नहुने गरी परिवार रहेको स्थानसम्म उच्च सावधानीको साथ पुर्याउने व्यवस्था गरिएको ।
यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा डिसिफिकेन्ट औषधी छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको ।
कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका कार्यक्रमहरूका साथै नेपालमा पहिलो कोरोना संक्रमित भेटिएदेखि नै बैंकले कर्मचारीहरूलाई परामर्श दिइरहेको ।
सामाजिक दुरी कायम राख्नका लागि बैंकले आपतकालीन कामका लागिबाहेक (एटीएम/सूचना प्रविधि) कर्मचारीहरूलाई घरबाटै काम गर्ने व्यवस्था गरिएको छ । साथै कार्यालय आउने कर्मचारीहरूलाई स्यानिटाइजर, मास्क, पन्जाजस्ता सुरक्षाका सामग्रीको प्रबन्ध गरेको ।
प्रकाशित समय १९:०७ बजे

















