गृहपृष्ठ संसद अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

संसद अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

मन्त्रिपरिषद बैठक । (फाइल तस्बिर)

सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन वैशाख २६ गते ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारले जेठ १४ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि सरकारले सांसदको नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ । कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था मिलाइनेछ ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु