गृहपृष्ठ भारतबाट आएपछि आइसोलेसनमा भर्ना हुन आफैँ गरे प्रहरीलाई खबर
भारतबाट आएपछि आइसोलेसनमा भर्ना हुन आफैँ गरे प्रहरीलाई खबर
फाइल तस्बिर ।
भारतबाट नेपाल प्रवेश गरेका ४ जना प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा स्वास्थ्य चेकजाँचका लागि भर्ना भएका छन् । उनीहरू दुई महिनादेखि भारतको नर्मदा बिहार मुजफ्फरपुरमा काम गर्दै आएका थिए ।
लकडाउनका कारण कामबाट निकालिएपछि भारतमै अलपत्र परेका उनीहरू ५ दिन हिँडेर नेपाल-भारत सीमाको चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए । जनकपुरको रामानन्द चोक आइपुगेपछि उनीहरु आफैंले प्रहरीलाई सम्पर्क गरेर आइसोलेसनमा भर्ना भएका हुन् ।
आइसोलेसन वार्डमा भर्ना हुनेहरुमा धनुषाको सबैला नगरपालिका- १३, ढोलबज्जा पर्साहीका ४२ वर्षीय रामअशिष महतो, ४० वर्षीय जवाहरलाल महतो, ३० वर्षीय जानिफ राइन र ४० वर्षीय तिर्थलाल महतो रहेका छन् । चारै जनालाई अहिले पीसीआर परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए ।
प्रकाशित समय १३:०६ बजे
















