गृहपृष्ठ विशिष्ट व्यक्तिको फोटो बिगारेर सामाजिक सञ्जालमा राख्ने पक्राउ

विशिष्ट व्यक्तिको फोटो बिगारेर सामाजिक सञ्जालमा राख्ने पक्राउ

विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा सिन्धुली तिनपाटन गाउँपालिका १ बेलघारी बस्ने मधु पौडेल भन्ने २२ वर्षीय तोरणराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य विशिष्ट व्यक्तिको फोटोको स्वरुप परिवर्तन गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको सामग्री प्रकाशन गरी घृणा र द्वेश फैलाउने उद्देश्यले विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जनाएको छ । जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप लिई पौडेलउपर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु