गृहपृष्ठ कांग्रेसले भन्यो‑ सीमामा अलपत्र नेपालीलाई तत्काल प्रवेश देऊ

कांग्रेसले भन्यो‑ सीमामा अलपत्र नेपालीलाई तत्काल प्रवेश देऊ

bishwa-prakash-newskarobar

नेपाली कांग्रेसले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई तत्काल प्रवेश दिन सरकारसँग आग्रह गरेको छ । कयौं नेपाली कयौं दिनदेखि भारतसँगका विभिन्न सीमा नाकामा अलपत्र रहेको भन्दै कांग्रेसले तत्काल नेपाल भित्रिन दिन आग्रह गरेको हो ।

कांग्रेस प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमखु विश्वप्रकाश शर्माले भारतमा रेल सेवा सुरु भएपछि हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको विवरण प्राप्त भएको बताएका छन् । ‘भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतका विभिन्न सहरबाट नाकामा आइपुगेका नेपाली कयौं नाकामा प्रवेश नपाएर अलपत्र छन्,’ उनले भने, ‘जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खानेबस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ ।’

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु