गृहपृष्ठ स्पाइल इन्जरी भएकालाई स्वास्थ्य सामग्री सहयोग

स्पाइल इन्जरी भएकालाई स्वास्थ्य सामग्री सहयोग

Rahat_NewsKarobar

कैलाली, डडेल्धुरा र कञ्चनपुरका स्पाइनल इन्जरी भइ अपांगता भएका व्यक्तिहरूका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

अपांगता भएका व्यक्तिको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै द ग्लोबल सर्जिकल हाउस धनगढीका सञ्चालक देवराज जोशी, सुदूरपश्चिम फाउन्डेसनका अध्यक्ष भरत शाह र नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिमका अध्यक्ष दीर्घकुमार स्वाँरको सहयोग तथा अपांगता सहायता प्रतिष्ठानका अध्यक्ष भवानी ऐरको समन्वयमा ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीमार्फत स्पाइनल इन्जरी भएका व्यक्तिहरूलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

सुदूरपश्चिम फाउन्डेसनका अध्यक्ष भरत शाहले कैलालीको घोडाघोडी, चल्कीचुहा र टिकापुर नगरपालिका, जानकी गाउँपालिका तथा डडेल्धुराको गन्याधुरा गाउँपालिका २० जना स्पाइनल इन्जरी भइ अपांगता भएका व्यक्तिका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए ।

ती अत्यावश्यक स्वास्थ्य सामग्रीमासीआईसी पाइप, फोसिल क्याथेटर, कन्डम क्याथेटर, यूरिन ब्याग, डाइपर, सेनिटरी प्याड, सेनिटाइजर, ग्लोब्स, सिरिज, कटन रोल, साबुनलगायत दिसापिसाब व्यवस्थापनका सामग्रीदेखि सरसफाइका सामग्री समेत रहेको नेपाल पारा ओलम्पिक कमिटीका स्वाँरले जानकारी दिए ।

स्वाँरका अनुसार यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका, बैतडीको पाटन न पा ,डडेलधुराको अमरगढी ,नवदुर्गा गाउँपालिका,बझाङको थलारा  र कैलालीको धनगढी ,गोदावरी  र गौरीगंगाका स्पाइनल ईन्जरी भएका व्यक्तिहरूलाई सहयोग गरिसकिएको छ ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु