गृहपृष्ठ प्रधानमन्त्रीद्वारा लिम्पियाधुरासहितको नक्सा पारित गरेको संसदलाई जानकारी
प्रधानमन्त्रीद्वारा लिम्पियाधुरासहितको नक्सा पारित गरेको संसदलाई जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा पारित भएको संसदलाई जानकारी गराएका छन् । सरकारले दृढ अठोटका साथ नयाँ नक्सा पारित गरेकाले कूटनीतिक पहलबाट नेपालको भूमि फिर्ता लिने उनले स्पष्ट पारे ।
‘कसैले देखावटी राष्ट्रवाद भन्छ भने त्यो भनिरहोस्,’ उनले भन्यो, ‘तर सरकारले यो नक्सा पारित गर्दा सँगै अठोट पनि गरेको छ, लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो, यसलाई जसरी पनि फिर्ता लिनुपर्छ ।’
प्रधानमन्त्रीले नेपालको स्वाभिमान र राष्ट्रिय हितका पक्षमा सरकारले कुनै कसर बाँकी नराख्ने दृढतासहित नयाँ नक्सा पारित गरेको जानकारी गराए । नयाँ नक्सा सार्वजनिक गर्न केही समय लाग्न सक्छ तर सार्वजनिक हुने र भूमि पनि फिर्ता हुने उनको भनाइ छ ।
‘नेपालको भूमि अतिक्रमण गरेर अरुले नै विवाद सिर्जना गरेका हुन्, अरुले नै अर्घेल्याइँ गरेका हुन्,’ प्रधानमन्त्रीले भने, ‘अरुलै जबर्जस्ती गरेका हुन्, हामीले हाम्रो भूमि जसरी पनि फिर्ता लिनुपर्छ, लिन्छौँ । यसलाई देखावटी राष्ट्रवाद भनियोस् या अरु केही ।’
प्रकाशित समय १३:१६ बजे

















