गृहपृष्ठ सरकार कुनै पनि देशको इच्छाले ढल्ने कल्पना नगरे हुन्छ : प्रधानमन्त्री
सरकार कुनै पनि देशको इच्छाले ढल्ने कल्पना नगरे हुन्छ : प्रधानमन्त्री
'नेपालमा कुनै तानाशाहको उदय हुँदैन'
प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार जनताको भोटबाट निर्वाचित सरकार भएकाले कुनै पनि देशको इच्छाले ढल्ने कल्पना नगरे हुने बताएका छन् । ‘कतिपयले निम्छरा टिप्पणी गरिरहेका हुन्छन्, सरकार ढल्न लागेको थियो, फलाना देशको राजदूतले बचाइदियो,’ संसदमा मंगलबार उनले भने, ‘तर यस्ता टिप्पणी नगरेको राम्रो ।’
उनले देश सानो‑ठूलो, धनी‑गरिब, जनसंख्या धेरै‑थोरै हुन सक्ने तर राष्ट्रियता सानो वा ठूलो नहुने पनि बताए । ‘सबै देशको राष्ट्रियता एउटै स्तरको हुन्छ,’ उनले भने, ‘तर राष्ट्रियता सानो वा ठूलो हुँदैन ।’
उनले नेपालमा कुनै तानाशाहको उदय नहुने बताए । ‘नेपाल डेमोक्रेसीबाट पछि हट्दैन,’ प्रधानमन्त्रीले भने, ‘नेपालमा कुनै अधिनायकवादको सम्भावना नै छैन ।’
प्रकाशित समय १३:०९ बजे

















