गृहपृष्ठ नेपाल प्रहरीको २८औं आईजीपीमा शैलेश थापा क्षेत्री
नेपाल प्रहरीको २८औं आईजीपीमा शैलेश थापा क्षेत्री
सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापालाई नेपाल प्रहरीको २८औं महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो ।
वर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन् । उनले २०७६ माघ २९ गते आईजीपीको जिम्मेवारी सम्हालेका थिए ।
आईजीपीका लागि क्षेत्रीबाहेक हरि पाल मात्र उम्मेदवार थिए । भक्तपुर कटुन्जेका रैथाने क्षेत्री र पालले २०४९ वैशाख १९ गते एकै दिन प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । गत फागुनमा एआइजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये क्षेत्री पहिलो र पाल दोस्रो नम्बरमा थिए ।
नवनियुक्त आईजीपी क्षेत्रीले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । २०७९ वैशाख १८ सम्म उनले नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।
प्रकाशित समय १८:५९ बजे

















