गृहपृष्ठ के तपाईंको एनआईसी एशिया बैंकको कर्जामा ९.९९ प्रतिशतभन्दा बढी ब्याजदर छ ?
के तपाईंको एनआईसी एशिया बैंकको कर्जामा ९.९९ प्रतिशतभन्दा बढी ब्याजदर छ ?
एनआइसी एशिया बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरूले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ श्रावण २०७७ देखि लागू हुनेगरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना यस बैंकले यसअघि नै ग्राहकहरू सामुन्ने ल्याएको छ ।
अत्यधिक उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने हेतुले उक्त योजना सकिन मात्र ८ दिन बाँकी रहेको हुँदा यथाशीघ्र भरपुर फाईदा उठाउन बैंकले सम्पूर्ण ऋणीहरूमा हार्दिक आह्वान गरेको छ । बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकहरूले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ असार समान्तभित्रै भुक्तानी गरेमा २०७७ साउन १ पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा २०७६ साल चैत १६ गते निर्दिष्ट गरिएअनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याजलगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकहरूको बैंक खातामा जम्मा समेत गरेको बैंकले जनाएको छ ।
साथै, नेपाल राष्ट्र बैंकबाट २०७७ साल वैशाख १६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा कोरोनाभाइरसको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको निमित्त आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहकहरूको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजनाअनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकहरूको खातामा जम्मासमेत गरिएको बैंकले जनाएको छ ।
सहज तथा सबल बैंकिङको मूल सिद्धान्तअनुरुप एनआइसी एशिया बैंकबाट कर्जा उपभोग गरिरहेका तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहकहरूको सहजता तथा आवश्यकतालाई महसुस गरी कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको जनाएको छ ।
यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहकहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्नुहुनेछ । ग्राहक महानुभावहरूले ‘कर्जा सहायता केन्द्रको Missed Call Banking नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी वा HELP टाइप गरी ३४४८८ मा एसएमएसमार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०-०१-७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यस ‘कर्जा सहायता केन्द्र’ मा ग्राहक महानुभावहरूले पहिलो सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ ।
कोरोना भाइरसको विषम परिस्थितिमा देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान र सबलीकरणमा टेवा पुर्याउने मनशायले बैंकले सहुलियत ब्याजदर तथा सर्वाधिक न्यून ब्याजदरमा आम ग्राहक महानुभावहरूको आवश्यकतालाई पहिचान गरी नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक आकर्षक योजनाहरू ल्याईरहेको अवस्थामा ‘कर्जा सहायता केन्द्र’ ले ग्राहक महानुभावहरूलाई अझ सहज तथा सुविधा पुग्ने बैंकले विश्वास लिएको छ ।
अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण नयाँ योजनाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहक महानुभावहरूमाझ नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर ८.२५ प्रतिशत तथा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजनाहरू ल्याएर गतिशिल बैंकिङको उदाहरण प्रस्तुत गरेको छ । साथै, कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने, ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने, कर्जाको पूर्वस्वीकृतिको सुविधा, वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने लगायत नविनतम सुविधासहित बैंकले ग्राहकवर्गलाई अझ परिष्कृत सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस सुपर चमत्कारिक कर्जा सम्बन्धी केही जिज्ञासा राख्नका लागि समेत यस ‘कर्जा सहायता केन्द्र’ अत्यन्तै लाभकारी हुने बैंकले अपेक्षा गरेको छ ।
नेपालको बैंकिङ इतिहासमा दुर्लभ रुपमा उपलब्ध हुने यस बैंकले ल्याएको असार महिनाको योजनाको म्याद मात्र ८ दिन बाँकी रहेको हुँदा २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ असार समान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाईदा उठाई आफ्नो आर्थिक भारलाई कम गर्नुहुन सम्पूर्ण ग्राहकमा बैंकले अनुरोध गरेकाे छ ।
प्रकाशित समय १९:२४ बजे

















