गृहपृष्ठ पाल्पाको दोभानमा पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

पाल्पाको दोभानमा पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

पाल्पाको तिनाउ गाउँपालिका ३ दोभान पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । दोभान प्रहरी चौकीनजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ ।

पहिरोसँगै खसेपछि सोमबार साँझदेखि नै सवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको छ । वर्षा भइरहेकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन नसकिएको पाल्पा प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित समय ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु