गृहपृष्ठ मास्क नलगाउनेबाट दुई सातामै १ लाख जरिवाना

मास्क नलगाउनेबाट दुई सातामै १ लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाउनेबाट १ लाख जरिवाना संकलन गरेको छ । कार्यालयले दुई सातामा १ हजार ५९ जनालाई कारबाही गरी १ लाख ५ हजार ९ सय रुपैयाँ संकलन गरेको हो ।

गृह मन्त्रालयको असार २२ गतेको निर्देशनअनुसार कार्यालयले मास्क नलगाई बाहिर निस्कनेलाई १ सय रुपैयाँ जरिवाना तिराउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । उनका अनुसार अटेर गरी बाहिर निस्कनेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कडा कारबाही गर्ने तयारी पनि भइरहेको छ ।

अन्य जिल्लामा भन्दा सुर्खेतमा कडाइ गरेको भन्दै पौडेलले नागरिकहरु अटेरी गर्ने प्रवृत्ति भने बढेको बताए । त्यस्तै कार्यालयले मास्क नलगाई बाहिर निस्केका १ हजार ६३ जनालाई सम्झाइबुझाइ पठाएको उनले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पनि लकडाउन अवधिभर लकडाउन उल्लघंन गर्ने ५८३ जनालाई कारबाही गरेको छ । जसबाट ५ लाख ८९ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको छ । मोटरसाइकल, टेम्पो र जिप चालकहरुले लकडाउन उल्लंघन गरेका थिए ।

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु