गृहपृष्ठ भारतमा एकैदिन थपिए ३७ हजार संक्रमित
भारतमा एकैदिन थपिए ३७ हजार संक्रमित
भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ८१० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ११ लाख ५४ हजार ९१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ५९६ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार ९९ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख २४ हजार ७०२ जना निको भएर घर फर्केका छन् ।
प्रकाशित समय ११:२६ बजे

















