गृहपृष्ठ कांग्रेस महामन्त्रीको प्रश्न- विद्या भण्डारी नेपालको कि नेकपाको राष्ट्रपति ?
कांग्रेस महामन्त्रीको प्रश्न- विद्या भण्डारी नेपालको कि नेकपाको राष्ट्रपति ?
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन् । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औं बिपी स्मृति दिवसका अवसरमा अयोजना गरेको मर्चुअल कार्यक्रममा कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको आरोप लगाए ।
आमनागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको उनको भनाइ छ । कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाइतरको समूहबाट एक जनामात्र सभापतिको उम्मेदवार हुने तर्क गरे । ‘हाम्रो समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि ‘म’ होइन ‘हामी’ भनेर लाग्नुपर्छ ।’
प्रकाशित समय १२:०५ बजे

















