गृहपृष्ठ गोंगबु हत्याकाण्ड : चितवनबाट १ महिला पक्राउ

गोंगबु हत्याकाण्ड : चितवनबाट १ महिला पक्राउ

हत्या गरिएका बाेहाेराकाे शव।

आइतबार बिहान काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा चितवनबाट एक महिला पक्राउ परेकी छन् । उनलाई पक्राउ गरी प्रहरीले काठमाडौं ल्याउँदै गरेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएकाे हो । गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा सुटकेसभित्र हालेर फालिएको थियो । प्रहरीले कुकुरको सहायताले त्यसभन्दा करिब २ सय मिटर पर टाउको र गोडा फेला पारेको थियो ।

टोखा नगरपालिका- १० स्थित गोंगबु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि मात्र प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो । मृतक बाेहाेरा काठमाडाैंकै एक गार्मेन्टमा काम गर्थे ।

प्रकाशित समय २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु