गृहपृष्ठ पुन: पक्राउ पर्ने भएपछि विप्लव नेताले धरौटी तिरेनन्, कारागार चलान
पुन: पक्राउ पर्ने भएपछि विप्लव नेताले धरौटी तिरेनन्, कारागार चलान
५० हजार रूपैयाा धरौटी बुझाउन नसकेपछि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता ओम प्रकाश पुन कारागार चलान भएका छन् । उनी विप्लव समूहका सेती महाकाली इन्चार्ज तथा केन्द्रीय सदस्य भएकाे बताइएकाे छ ।
जिल्ला अदालत कैलालीले उनलाई सोमबार ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको अदालतका स्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए ।
पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले धरौटी तिरे प्रहरीले अर्काे मुद्दा लगाउने निश्चित भएका कारण कोरोनाको जोखिममा आफू धरौटी नतिरी कारागार जाने निर्णय गरेको बताए । उनी सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता भएकाे बताइन्छ ।
उनी कटुवा पेस्तोलसहित धनगढी उपमहानरपालिका वडा नम्बर ७ को कनरी क्षेत्रबाट असार ३१ गते पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेकी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी पूर्व केन्द्रीय एक सदस्यलाई भने सामान्य तारिखमा रिहा भएकी छन् ।
प्रकाशित समय २०:११ बजे
















