गृहपृष्ठ डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते
डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते
डोटीको आदर्श गाउँपालिका १ बाँझककानी खलगडामा घर भत्किएर एकै परिवारका चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । तीन तले घर कसरी भत्कियो खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसरा राति १ बजेतिर लोगे विकको घर भत्किँदा उनकी श्रीमती विस्ना विक, १२ वर्षीय छोरा पारस तथा छोरीहरु ८ वर्षीया सिर्जना र ४ वर्षीया जेनिसाको मृत्यु भएको हो । घरले पुरिएका लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । भेटघाट गर्न आएका लोगेकी सासू आमा र साला पनि घाइते भएको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिए ।
प्रकाशित समय ०७:०४ बजे

















