गृहपृष्ठ सरकारी नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार ! एक युवक पक्राउ
सरकारी नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार ! एक युवक पक्राउ
सरकारी नम्बरको मोटरसाइकल प्रयोग गरेर प्रतिबन्धित लागूऔषध ओसारपसार गरिरहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिराभावानी गाउँपालिकाले उपलब्ध गराएको सरकारी नम्बरको मोटरसाइकल दुरुपयोग गरेर भारतबाट प्रतिन्बधित लागूऔषध ल्याइरहेका जिराभावानी गाउँपालिका वडा नं. ४ का शशिकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटाइएको टोलीले शुक्रबार साँझ सरकारी नम्बरको मोटरसाइकल ना. १ ब ३५९० मा अवैध लागूऔषध नाइट्रोभेटसहित चौधरीलाई पक्राउ गरिएको जनाएको छ ।
चौधरीबाट प्रहरीले नाईट्रोभेट ४० थान, कोटिन फ्रलेक्ट पी सिरप ८ थान, स्टाम्पो २ थान बरामद गरेको प्रहरी चौकी महादेवपट्टिका असई सिकेन्द्र पाण्डेले जानकारी दिए । उनलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बुझाइएकोअसई पाण्डे बताए । स्रोतका अनुसार चौधरी जिराभावानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सुभाष राउत थारुका छोरा हुन् ।
उनले लागूऔषध ओसारपोसारमा प्रयोग गरेको मोटरसाइकल गाउँपालिकाल वडा अध्यक्षको प्रयोगका लागि उपलब्ध गराएको हो ।
प्रकाशित समय १३:०३ बजे

















