गृहपृष्ठ करणी गरेको अभियोगमा पक्राउ
करणी गरेको अभियोगमा पक्राउ
ललितपुर महानगरपालिका २८ हरिसिद्दि बस्ने कन्चनपुर भीमदत्त नगरपालिका १४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्रसिंह भण्डारीलाई १३ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाइनिज इँटाभट्टानजिक डाँडाको वनमारा झाडीमा करणी गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय १३:०१ बजे

















