गृहपृष्ठ मैले राजीनामा दिनु भनेको बर्बादीतिर जानु हो : प्रधानमन्त्री ओली

मैले राजीनामा दिनु भनेको बर्बादीतिर जानु हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै ओलीले पदबाट  राजीनामा नदिने बताए ।

आफूले राजीनामा दिन लागेको भनेर सञ्चारमाध्यममा हल्ला फैलाइएको भन्दै उनले राजीनामा नदिने प्रष्ट पारेका छन् । उनले भने, ‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्रीले राजीनामा दिन लाग्यो भनेर । तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’

प्रधानमन्त्री ओलीले आफूले अहिले राजीनामा दिन नमिल्ने तर्क गरे । ‘मैले अहिले राजीनामा दिन मिल्छ ? व्यापक जनसमर्थनबाट हो यो ठाउँमा आएको हो । ढुक्क भएर काममा लाग्नुस्, सरकार फेरिन्छ वा बदलिन्छ कि भन्ने होइन । केही हुनेवाला छैन,’ उनले भने ।

जे काममा पनि सरकारकाे आलोचना गरिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे । ‘मलाई हटाउन यहाँ भित्र-बाहिर अनेक कोसिस भएका छन् । जेमा पनि आलोचना गर्ने गरिएकाे छ । देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्तिबाट प्रभावित नभइ काम गर्नुपर्छ,’ उनकाे भनाइ थियाे ।

स्थिरताका लागि आफूले काम गरिरहेको र स्थिरताले विकास तथा परिवर्तन ल्याउने प्रधानमन्त्री ओलीले दाबी गरे ।

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु