गृहपृष्ठ ‘ग्लोकल टिन हिरो’मार्फत छात्रवृत्तिको अवसर
‘ग्लोकल टिन हिरो’मार्फत छात्रवृत्तिको अवसर
किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रष्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन ग्लोकल प्रालिले ‘वाई वाई ग्लोकल टिन हिरो’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहित गरी संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु कार्यक्रमको उद्देश्य रहेको ग्लोकल प्रालिले जनाएको छ । यस वर्ष भर्चुअल रुपमा आगामी डिसेम्बर १२ मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलनमार्फत ‘ग्लोकल टिन हिरो’ घोषणा गरिने भएको छ ।
देशभरिका प्रतिभावान किशोरकिशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग विभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडिएका छन् । विजेताहरू मात्र नभएर, मान्यताप्राप्त २० अन्डर २० किशोरकिशोरीहरु तथा फाइनलिस्टहरूलाई उनीहरूको शैक्षिक यात्रालाई सहज र समर्पणको साथ अगुवाई गर्न छात्रवृत्तिको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । जसका लागि चेल्सी इन्टरनेशनल स्कुल, किंग्स कलेज तथा दि ब्रिटिश कलेजले विभिन्न तहका छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
शैक्षिक क्षेत्रमा मात्र अब्बल नभएर सामाजिक रुपान्तरण एवं प्रभावकारी काम गर्ने किशोरकिशोरीहरु ग्लोकल टिन हिरोमा आवेदन दिन योग्य रहने ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी दिए । उनका अनुसार विविध क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोरकिशोरीहरुले यही नोभेम्बर १४ भित्र https://nepal.glocalteenhero.com मार्फत आवेदन भर्न सक्नेछन् ।
प्रकाशित समय १४:४१ बजे

















