गृहपृष्ठ विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरका गएराति दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचाररत सिराह मिर्चैयाका ७५ वर्षीय बृद्धको बिहीबार राति १२ बजे मृत्यु भएको हो । छातीमा समस्या र ज्वरोले ग्रस्त उनको बिहीबार नै पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिकाका ५६ वर्षीय पुरुषको पनि गएराति नै मृत्यु भएको छ । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आएपछि सुरुमा उनलाई मंसिर १३ गते विराटनगर अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएपछि आफन्तले उनलाई बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पताल लगेका थिए ।

प्रकाशित समय १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु