गृहपृष्ठ वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम भुक्तानी अब ‘खल्ती’ एपबाटै

वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम भुक्तानी अब ‘खल्ती’ एपबाटै

वैदेशिक राेजगारमा जाने व्यक्तिहरूले वैदेशिक राेजगार कल्याणकारी काेषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्नेछन् । यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जानेहरू सबैका लागि उपलब्ध हुनेछ ।

भुक्तानी गर्न चाहनेले खल्ती डिजिटल वालेट एप डाउनलोड गरी वा Khalti.com वेव पेजको होम स्क्रिनमा गइ सरकारी सेवा (Government Services) मेनुबाट वैदेशिक राेजगार कल्याणकारी काेष (DoFE) ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्छन् । वैदेशिक राेजगारीमा ३ वर्षभन्दा थोरै समयका लागि जाने व्यक्तिले १५०० र ३ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिले २५०० रूपैयाँ कल्याणकारी कोषमा बुझाउनुपर्छ । वैदेशिक राेजगारीमा व्यक्तिगत रूपमा जानेहरूले आफैं र म्यानपावरमार्फत जानेहरूले कम्पनीबाट एकमुष्ट रूपममा खल्ती एपमार्फत उक्त शुल्क भुक्तानी गर्न सक्छन् । कल्याणकारी कोषमा यसरी जम्मा भएकाे रकम वैदेशिक रोजगारमा गएर अलपत्र परेका, पीडित, आर्थिक अवस्था नाजुक भएका नेपालीहरुको उद्दार गर्न तथा उनीहरूकाे हितमा प्रयोग गरिन्छ ।

‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती डिजिटल वालेट’ एप Khalti.com/app बाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ ।

प्रकाशित समय १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु