गृहपृष्ठ विश्वराज पोखरेल एआईजीमा बढुवा
विश्वराज पोखरेल एआईजीमा बढुवा
प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । बुधबार समितिसँगको छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालयले पाँचवटा डीआईजीको दरबन्दीमात्र थप्न प्रस्ताव गरेको जानकारी गराएका थिए । त्यस्तै मन्त्रिपरिषद्को प्रशासनिक समितिले एउटा एआईजीको दरबन्दी थपेको उनको प्रस्टोक्ति थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा पोखरेललाई आईजीपी बनाउने गरी अर्को एआईजी पद थपेको बताइएको छ ।
प्रकाशित समय २०:०० बजे

















