गृहपृष्ठ सेयर बजार बढ्यो, चार अर्बको कारोबार
सेयर बजार बढ्यो, चार अर्बको कारोबार
सेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार ८ अंकले बढेको छ । विकास बैंक र जलविद्युतबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक नेप्से ८.२७ अंकले बढेर १९६४.०२ अंकमा उक्लिएको हो ।
आज २०४ कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता सेयर ४ अर्ब १४ करोड ६३ लाख रूपैयाँबराबरमा किनबेच भएको छ । लिबर्टी इनर्जी र प्रभु बैंकको संस्थापक सेयर १० प्रतिशतले बढ्दा नारायणी डेभलपमेन्ट बैँक, हिमालयन डिस्टिलरी, पोखरा फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैँक एन्ड फाइनान्सलगायतका कम्पनी पनि सर्वाधिक बढ्ने कम्पनीका सूचीमा परेका छन् ।
प्रकाशित समय १८:५५ बजे

















